१८ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० मंसिर १४,बिहीबार १५:५८

काठमाडौं । आज साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा कायम भएको हो ।

यस्तै, आज नेपसेमा सूचीकृत २८८ कम्पनीको ४४ लाख कित्तामाथि शेयर खरिदबिक्रि भएको छ भने १ अर्बमाथिको शेयर कारोबार भएको छ ।

आज नेप्से ओरालो लाग्दा म्युचुल फण्ड बाहेक सबै उपसूचक राताम्मे भएको छ ।