शेयर बजारमा उछाल, २१ अर्बको कारोबार

तु खबर संवाददाता
२०८२ चैत्र ५, बिहीबार १५:१४

काठमाडौँ । शेयर बजारमा उल्लेखनीय उछाल आएको छ । बजारमा उच्च सुधार देखिएसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । बजार हरियाली हुँदा लगानीकर्तामा उत्साह छाएको छ ।

आगामी साता देशले दुई तिहाइ नजिकको स्थायी सरकार पाउने सम्भावनासँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । आज बजार ६४ अंकले बढ्दा २१ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार न्यादी ग्रुपको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । उक्त कम्पनीको ६७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, नेशनल हाइड्रो, रिडी पावर, अप्पर तामाकोशी र आखुखोला जलविद्युतका शेयर पनि सर्वाधिक किनबेच भएका छन् ।