कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० मंसिर १३,बुधबार ०८:५३
file-photo

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

यस्तै, बैठकमा विभागलाई पूर्णता दिने र सरकारको कामकारबाही बारे छलफल हुने जनाइएको छ ।