राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने

तु खबर संवाददाता
२०८० मंसिर १३,बुधबार १५:११
file-photo

काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

राष्ट्रिय सभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार, निर्वाचन आयोगसँगको परामर्शको आधारमा मिति निर्धारण गरिएको हो ।

आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुँदैछ । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही अनुरुप निर्वाचन गर्न लागिएको हो । आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिनेछ ।