मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । राष्ट्रियसभाको बुधवारको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।
कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गौतमले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि विधेयक ल्याइएको जानकारी दिएकी छिन् । तत्कालिन सरकारले अध्यादेश जारी गरेको बताउँदै उनले उक्त व्यवस्थाका लागि विधेयक अघि सारिएको जानकारी दिएकी छिन् ।
