जसपाद्वारा तीन महिने अभियानलाई निरन्तरता दिने

तु खबर संवाददाता
२०८० मंसिर १३,बुधबार १५:३९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सुरु गरेको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ ।

औपचारिक रूपमा त्यसको म्याद कात्तिक मै सकिएको भएपनि अभियानलाई निरन्तरता दिएको पार्टीका कार्यकारिणी सदस्य एवम् प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले हाल बैठक तय नभएको र उनी काठमाडौं फर्केपछि बैठक बसेर अभियानको म्याद थप्ने उनको भनाई छ ।

विधान अधिवेशनबाट नयाँ विधान ल्याइ सकेपछि विधान अनुसार पार्टी पुनर्गठन गर्न जसपाले उक्त अभियान सञ्चालन गरेको थियो ।