निर्वाचन आयोगले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने
काठमाडौं । निर्वाचन आयोगले भूकम्प पीडितलाई आर्थिक रकम सहयोग गर्ने भएको छ ।
आयोगले भूकम्प प्रभावित क्षेत्रका पीडितलाई आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो ।
यस्तै, आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको हो ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
