नक्कली नोटसहित युवक पक्राउ
काठमाडौं । काठमाडौंबाट प्रहरीले मंगलबार नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ सहित एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन् ।
उनलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
