४० लाख हुण्डीको रकमसहित भारतीय र नेपाली नागरिक पक्राउ

२०८२ बैशाख २४,बुधबार १३:५९

काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित एक जना भारतिय र एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय नगदसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।