कांग्रेसको भ्रातृ संगठन सेनानी संघको अध्यक्षमा दाहाल

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संघ— नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल नियक्त भएका छन् ।
ओखलढुंगाका उनलाई नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सेनानी संघको अध्यक्षमा नियुक्त गरेका हुन् ।
यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।