मकवानपुर प्रहरीद्वारा कटुवा पेस्तोल र बुलेट बरामद

तु खबर संवाददाता
२०८० मंसिर १२,मंगलवार १५:५३

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ । प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थित दुङ्गुखोलाबाट अवैध पेस्तोल र बुलेट बरामद गरेको हो ।

प्रहरीले कटुवा पेस्तोल १ थान र बुलेट २ थान बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, उक्त पेस्तोल प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।