प्रधानमन्त्री प्रचण्ड आज यूएई प्रस्थान गर्दै

तु खबर संवाददाता
२०८० मंसिर १३,बुधबार ०८:३७
file-photo

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यूएईको दुबई प्रस्थान गर्ने भएका छन् ।

यही मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन (कोप २८) मा सहभागी हुन उनी यूएई प्रस्थान गर्ने भएका हुन् ।

उनको सचिवालयका अनुसार, प्रधानमन्त्री प्रचण्ड आज राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने भएका हुन् ।

उनीसँगै वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु, प्रधानमन्त्री पुत्री गंगा दाहाललगायत पनि त्यसतर्फ प्रस्थान गर्नेछन् ।