चितवन २ बाट रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी

तु खबर संवाददाता
२०८२ फाल्गुन २४, आईतवार १०:२९
file-photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । लामिछाने ३९ हजार ४६८ मतान्तरले सहित विजयी भएका हुन् । यस पटक निर्वाचित भएसँगै उनी तेस्रो पटक संसदमा पुगेका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यस अघि उनी यही क्षेत्रबाट दुइ पटक विजयी भएका थिए ।