दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर १२,मंगलवार १६:१५
सांकेतिक तस्वीर

प्रिटोरिया । दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यस दुर्घटनामा ८६ जना मजदुर प्रभावित थिए । तीमध्ये ११ जनाको मृत्यु भएको हो ।

त्यस्तै, सो घटनामा परेर ७५ जना घाइते भएका छन् । घाइते भएका उनीहरुलाई विभिन्न चार अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी