समाचार

रानी सामुदायिक वनको साधारण सभा सम्पन्न

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न भएको छ । समूहको २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो । कार्यक्रम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाको प्रमुख आतिथ्यतामा...

हेटौंडामा सामूहिक सौदावाजी तालिम सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सामूहिक सौदावाजी तालिम सम्पन्न भएको छ । उक्त तालिम वाणिज्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको संगठनको रुपमा रहेको यूनिकम नेपाल मकवानपुरको आयोजनामा भएको हो । तालिम नेपाल वितरक महासंघका केन्द्रिय उपाध्यक्ष विजयकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवम् युनिकम नेपालका मकवानपुर अध्यक्ष लेखनाथ गैरेको सभाध्यक्षतामा सम्पन्न...

हेटौंडामा दुध बिक्री समस्या सम्बन्धि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार दुध बिक्री समस्या सम्कन्धि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम नागरिक समाज समिति समकवानपुरको आयोजनामा भएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित पल्पसा सभागृहमा भएको हो । कार्यक्रमका मुख्य संयोजक गुञ्जनबहादुर न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा...

मकवानपुरमा ‘थाहा फिल्म फेस्टिभल’ सुरु

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ । मिनि फिल्म सिटि बनाउने उद्देश्यसहित शनिबारबाट नगरपालिकामा पहिलो ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको हो । उक्त फिल्म फेस्टिभलको बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका हुन् । थाहा नगरपालिकाको इन्दायणी...

अनेरास्ववियु बागमती प्रदेशको अध्यक्षमा बुढाथोकी

मकवानपुर । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न अनेरास्ववियुको प्रथम अधिवेशनबाट बुढाथोकीको संयोजकत्वमा ९ पदनधिकारीसहित ५१ सदस्यीय कमिटी गठन गरिएको हो । यस्तै, कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् ।...

भूकम्प प्रभावित क्षेत्रका सार्वजनिक संरचना प्रदेश सरकारले बनाउने

जाजरकोट । भूकम्प प्रभावित क्षेत्रका सरकारी तथा सार्वजनिक संरचना कर्णाली प्रदेश सरकारले बनाउने भएको छ । भूकम्पबाट सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने भएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले जानकारी दिए । गत कात्तिक १७ गते शुक्रबार राति...

लागूऔषधसहित विभिन्न जिल्लाबाट तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरबाट अवैधलागूऔषध अफिम ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९...

हेटौंडामा मंसिर १२ गतेदेखि एसियाली बुद्धिचाल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको हेटौंडामा यही मंसिर १२ गतेदेखि अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने भएको हो । उक्त प्रतियोगितामा मंसिर १७ गतेसम्म संचालन हुने संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद काठमाडौं, बागमती प्रदेश खेलकुद विकास...

कालिकामाई टोल विकास संस्थाको अध्यक्षमा घिमिरे

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ स्थित कालिकामाई टोल विकास संस्थाको अध्यक्षमा रामप्रसाद घिमिरे चयन भएका छन् । संस्थाको शनिबार बिहान सम्पन्न १९ औं साधारणसभाबाट घिमिरेको संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शंकर सुवेदी, सचिवमा अर्चना कार्की, कोषाध्यक्षमा मोनिका खड्का र सह–सचिवमा सजिता केसी चयन भएका छन् ।...

पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । उदयपुरमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...