समाचार

डेव कम्युनिटी नेपालद्वारा भेटघाट कार्यक्रमको आयोजना

चितवन । डेव कम्युनिटी नेपालले आज भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम चिया दरबार भरतपुरमा हुने भएको हो । कार्यक्रममा आठ भन्दा बढि आइटी कलेज तथा आइटी क्लबहरुको डेभलपर्स, प्रविधिमा रुची राख्ने विद्यार्थी तथा सदस्यहरुको सहभागिता हुनेछ । डेव कम्युनिटी नेपालले यसअघि पनि विभिन्न कार्यक्रमको आयोजना गरिसकेको जनाइएको...

सुदर्शन घिमिरे कप : हेटौंडा फुटबल एकेडेमी क्वाटरफाइनलमा प्रवेश

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगितामा नील गगन युवा क्लबलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै हेटौंडा ऐकेडेमीले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको हो । निर्धारित खेल समयमा १–१...

मकवानपुरमा डेंगु संक्रमितको संख्या घट्दै

मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगु संक्रमितको संख्या घट्दो छ । गत साउनदेखि सुरु भएको डेंगु संक्रमण कार्तिकदेखि घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा गत साउन १ गतेदेखि हालसम्म ७ सय ६६ जनामा डेंगु पुष्टि भएको छ । कार्यालयले दैनिक पठाउने तथ्याङ्कअनुसार...

दुर्गा प्रसाईले शनिबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौं । दुर्गा प्रसाईं भोलि शनिबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रबार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भोलि तीनकुनेमा प्रदर्शन हुने घोषणा गरेका हुन् । सो क्रममा उनले आफ्नो समर्थनहरुलाई सरकारले नजरबन्दमा राखिएको बताउँदै २७ सय जनालाई पक्राउ गरेको उल्लेख गरे । उनले सरकारले...

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन आह्वान गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी गर्न आह्वान गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले पत्रिकामा सूचना निकालेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत मंसिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको...

क्यानडाका लागि प्रस्तावित राजदूतविरुद्ध दुई वटा उजुरी दर्ता

काठमाडौं । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी दर्ता भएको छ । गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रस्तावित राजदूतमा पौड्यालको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यस क्रममा दुई वटा उजुरी दर्ता...

दुर्घटनामा परेर खनालको मृत्यु

बुटवल । रुपन्देहीमा सावरी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–११ निवासी ४५ वर्षीय शालिग्राम खनाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, बेलवास–बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८...

८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । तिहार र छठपछि सातामा जम्मा ४ दिन खुलेको सेयर बजारमा ८ अंकले नेप्से सूचक बढेको छ । छठपछि मङ्सिर ४ गते (सोमबार) देखि मंसिर ७ गते (बिहीबार) सम्म खुलेको बजारमा नेप्से सूचक ८.१२ अंकले बढ्दै १८६०.२० अंकमा रोकिएको हो । गत कात्तिक २३ गते ११.८५ अंकले नेप्से...

अवैध लागूऔषधसहित ९ पक्राउ

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, सिरहा, बाँके, सुनसरी, रुपन्देशी र बागलुङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित चेकप्वाइन्टबाट अवैध लागूऔषध पोल्यान्ड ३ सय ग्रामसहित शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको...

मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा शुक्रबार बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन राप्ति नगरपालिका वडा नम्वर १...