समाचार

प्राधिकरणद्वारा साढे १२ अर्बभन्दा बढीको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महिनामा साढे १२ अर्ब रुपैयाँ भन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कत्तिक महिनासम्म १२ अर्क ५० करोड ८ लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको हो । प्राधिकरणले सो अवधिमा १ अर्ब ३६ करोड...

नवनियुक्त मुख्य न्यायाधीशहरुद्वारा शपथ ग्रहण

काठमाडौं । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यही मंसिर ५ मा बसेको न्याय परिषदको बैठकबाट सिफारिस भएका मुख्य न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैठकबाट उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत...

तनहुँमा ९२ वर्षीय वृद्ध बेपत्ता

तनहुँ । तनहुँमा एक वृद्ध बेपत्ता भएका छन् । ब्यास नगरपालिका–२ डाङग्रे खोल्सी बस्ने ९२ वर्षीय गणेशकुमार श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार बिहान खान खाएर घरबाट निस्केका श्रेष्ठ अबेरसम्म घर नफर्केपछि उनको परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा पञ्चमन्दिर नजिक सेती र मादी नदीको...

उर्लाबारीको आगलागी घटना : मृतकको संख्या तीन पुग्यो

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागीमा परेर हालसम्म तीन जनाको मृत्यु भएको छ । गत कात्तिक २६ गते स्थानीय स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिण्डर विष्फोट हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय दीपक कार्कीले...

राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा गर्न सुझाव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सुझाव दिएको छ । आयोगका सम्पूर्ण पदाधिकारीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर आगामी माघ ११ गतेका लागि निर्वाचन मिति घोषणा गर्न सुझाव दिएका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार मन्त्रिपरिषद्बाट आयोगले परामर्श...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ७६५ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७६५ पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा ३९२ पुरुष र ३७३ महिलामा गरी ७६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लामा कुल संक्रमितमध्ये सबैभन्दा...

प्रहरीद्वारा कास्कीबाट ६ जुवाडे पक्राउ, हातहतियार समेत बरामद

कास्की । कास्की जिल्लको पोखरा महागनरपालिका–२२ खाल्सेस्थित चिसाखोला बस्ने ५२ वर्षीय भेषबहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गएराति ६ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भेष बहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले सो ठाउँबाट नगद...

महिलाको हत्या गरी सुनका गरगहना लुटपाट, ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय...

साता कारोबारको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार दोहोरो अंकले बढेको नेप्से आज झिनो अंकले मात्रै बढेको हो । आज नेप्से ९.८७ अंकले बढेर १८६० को विन्दुमा रोकिएको छ । यसअघि बुधबार नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा...

प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप, केही प्रदर्शनकारी घाइते

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका...