प्रहरीद्वारा कास्कीबाट ६ जुवाडे पक्राउ, हातहतियार समेत बरामद
कास्की । कास्की जिल्लको पोखरा महागनरपालिका–२२ खाल्सेस्थित चिसाखोला बस्ने ५२ वर्षीय भेषबहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गएराति ६ जनालाई पक्राउ गरेको छ ।
जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भेष बहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपैयाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन÷अफ र प्लस÷माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थान बरामद गरेको छ ।
साथै प्रहरीले गुरुङको घर तलासी गर्ने क्रममा लुकाईछिपाइ राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
