समाचार
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ न्युरेनीस्थित कान्तिलोकपथ सडकखण्डमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दिउँसो साढे १२ बजेको समयमा हेटौंडा बजारबाट चौघडातर्फ जाँदै गरेको ना ५२ प ८०१० नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६६३ नम्वरको गाडीले ठक्कर...
काठमाडौंमा दुई छुट्टाछुट्टै समूहको विरोध प्रदर्शन, सुरक्षा व्यवस्था कडा
काठमाडौं । आज काठमाडौंमा दुई छुट्टाछुट्टै समूहको विरोध प्रदर्शन हुँदैछ । त्यसको लागि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले काठमाडौंको विभिन्न सात स्थानमा कार्यक्रम गर्न लागिएको हो...
धनकुटामा ३ जना मृत अवस्थामा फेला
धनकुटा । धनकुटामा तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला पर्नेहरु स्थानीय ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष रहेका छन् ।...
रौतहटमा ग्याङ फाइट हुँदा ३ जना घाइते
रौतहट । रौतहटको कटहरियामा बुधबार राति दुई युवा समूहबीच ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् । कटहरिया नगरपालिका भवन छेउमा विवेक जैसवाल र अन्जित कुमार साह नेतृत्वको युवा समूहबीच ग्याङ फाइट हुँदा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा २० वर्षीय विवेक जैसवाल,...
आज मकवानपुरको त्रिखण्डी, गढी र ऋषेश्वर मन्दिरमा मेला
मकवानपुर । आज हरिबोधनी एकादशीको दिन मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिरमा मेला तथा जात्रा लागेको छ । कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको दामोदरसँग विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक वर्षझैँ यस बर्ष पनि मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिर परिसरमा मेला तथा...
अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना पक्राउ, ४ भारतीय नागरिक
धनगढी । धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालीका–५ तारानगरमा अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ९ जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये चार जना भारतीय नागरिक हुन् । पक्राउ पर्नेहरुमा डोटीको सिखर नगरपालिका–१० का...
दुर्घटनामा परेर तीन युवकको मृत्यु, एक सख्त घाइते
जनकपुरधाम । सिराहाको हुलाकी राजमार्ग अन्तरगत पर्ने सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा सवारी दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । बुधबार साँझ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । दुर्घटनामा परेर सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार...
आज यी प्रदेशको उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न दुई प्रदेशको उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको साथै उच्च पहाडी र हिमाली मागमा हिमपातको सम्भावना रहेको जानकारी गराएको हो । महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
आज हरिबोधिनी एकादशी मनाइँदै
मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज देशभर मनाउन लागिएको हो । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका...
मकवानपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
मकवानपुर । मकवानपुरको चित्लाङ आपसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान १ बजेर १९ मिनेट जाँदा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का हेटौंडा, काठमाडौं उपत्यकालगायतको क्षेत्रमा पनि महसुस भएको थियो । सो भूकम्पबाट...










