आज यी प्रदेशको उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न दुई प्रदेशको उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको साथै उच्च पहाडी र हिमाली मागमा हिमपातको सम्भावना रहेको जानकारी गराएको हो ।
महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
