समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा टंकबहादुर कुमाल मगर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले...
दोस्रो सँस्करणको एनएसएलमा मकवानपुरका ९ खेलाडीले खेल्दै
मकवानपुर । आजबाट सुरु हुने दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा मकवानपुरका ९ जना खेलाडीले खेल्ने भएका छन् । उक्त प्रतियोगितामा यस पटक विभिन्न क्लबबाट मकवानपुरका ९ जनाले लिग खेल्ने भएका हुन् । प्रतियोगितामा झापा एफसीबाट ५ जना, पोखरा थन्डर्सबाट ३ जनाले र इलाम एफसीबाट एक...
आजबाट मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजबाट खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट आइपीओ खुल्ला गरेको हो । सर्वसाधारणले आईपीओमा आजबाट मंसिर १२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जानकारी गराए । इच्छुक व्यक्तिले न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा...
बागमती प्रदेश लोकसेवा आयोगद्वारा ७१३ कर्मचारी नियुक्त
मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोगले स्थापनादेखि हालसम्म विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त गरेको छ । आयोगले स्थापनाको ४ वर्षमा स्थानीय र प्रादेशिक संरचनाका विभिन्न निकायमा रिक्त विभिन्न पदमा स्थायी नियुक्ति प्रदान गरेको हो । आयोगको तथ्याङ्क अनुसार, सहायक स्तर चौथो र पाँचौँ तहका विभिन्न सेवा समूहका ६७२...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन अहिले ठप्प छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएपछि गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प भएको हो । प्रतिष्ठानमा कार्यरत २४ जना प्राध्यापकले तलब र भत्ता बापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएपश्चात पठनपाठन बन्द भएको...
दुग्ध सहकारी संघका प्रतिनिधिहरुद्वारा कृषि मन्त्रीलाई ज्ञापनपत्र
मकवानपुर । बागमती प्रदेश अन्तरगतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले विभिन्न माग राख्दै बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा वर्तमान समयमा भएको दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको माग गर्दै मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो ।...
नेपाली सेनामो भर्ना खुल्यो
काठमाडौं । नेपाली सेनामा भर्ना खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो । जंगी अड्डाले जारी गरेको सूचनामा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा...
आज हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू–भागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ । महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा...
स्रोत नखुलेको ८ लाख रुपैयाँसहित पक्राउ
जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार आठ लाख १० हजार ९२० रुपैयाँसहित महोत्तरीको सम्सी गाउँपालिका–३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो । भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरुलाई...
दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । हिलो बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका उक्त महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म...










