आजबाट मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

तु खबर संवाददाता
२०८० मंसिर ८,शुक्रबार १०:०९
file-photo

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजबाट खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट आइपीओ खुल्ला गरेको हो ।

सर्वसाधारणले आईपीओमा आजबाट मंसिर १२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जानकारी गराए ।

इच्छुक व्यक्तिले न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक कम्पनीले जनाएको छ ।