आईपीओ निष्काशन गर्दै श्री डिष्टिलरी

तु खबर संवाददाता
२०८१ जेष्ठ २७,आईतवार १७:०५
file-photo

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्दैछ । यसका लागि कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा आह्वान गरिएको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि शुरू हुनेछ ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने जनाइएको छ ।

साथै सोही सभाले आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।