स्रोत नखुलेको ८ लाख रुपैयाँसहित पक्राउ
जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार आठ लाख १० हजार ९२० रुपैयाँसहित महोत्तरीको सम्सी गाउँपालिका–३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो ।
भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो परिमाण्को रकम बरामद भएपछि निजाहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाउन बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
