समाचार
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार बिहान शितलनिवासमा भेटवार्ता भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो क्रममा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुर्नस्थापनाको कार्यलाई तीब्र बनाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । साथै...
बुधबार सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै बुधबार सुन प्रतितोला १ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसखघि मंगलबार सुन प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मकवानपुर । प्रहरीले देशको विभिन्न जिल्लाबाट जबरजस्ती करणी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, दाङ र बाँके जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाबाट ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–३...
नेसपाद्वारा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) द्वारा केन्द्रीय समिति बैठक आहवान गरिएको छ । बैठक आज बिहान ११ बजे भक्तपुरको जडीबुटीमा बस्ने गरी आह्वान गरिएको पार्टी प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् । उनका अनुसार, माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय...
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदैछ । सो प्रकरणमा थुनामा रहेका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । सो रिटमाथि हिजो मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । रिट निवेदकसमेत रहेका प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा...
केपी ओली टी–२० कपमा मकवानपुरका ४ खेलाडीले खेल्दै
मकवानपुर । यही मंसिर ७ गते बिहीबारबाट पोखरामा सुरु हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ मा मकवानपुर जिल्लाका ४ खेलाडीले खेल्ने भएका छन् । उक्त प्रतियोगितामा मकवानपुरका शुभ कंसाकार, रामनरेश गिरी, रिजन ढकाल र गौरवले खेल्ने भएका हुन् । उनीहरुले बागमती प्रदेशको पुरुष क्रिकेट टिमको तर्फबाट...
अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने ६ जना पक्राउ
काठमाडौं । अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको आरोपमा प्रहरीले ६ जनालाई आइतबार दिउँसो ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका–३...
माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । माइतीघरमा तथा आसपासमा निषेधज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन काठमाडौंको निर्णयविरुद्ध मंगलबार दुई वटा रिट निवेदन दर्ता भएको थियो । उक्त निर्णयविरुद्ध...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको केही स्थानमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली...
एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियानमाथि छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । आगामी मंसिर १४ गतेबाट...










