एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
सो बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियानमाथि छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
आगामी मंसिर १४ गतेबाट सुरु हुने अभियानले जनतासँग प्रत्यक्ष रूपमा हातेमालो गरेर अगाडि बढ्न थप सहजता प्रदान गर्ने उनको भनाई छ ।
