नेसपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

तु खबर संवाददाता
२०८० मंसिर ६,बुधबार १०:४१

काठमाडौं । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) द्वारा केन्द्रीय समिति बैठक आहवान गरिएको छ ।

बैठक आज बिहान ११ बजे भक्तपुरको जडीबुटीमा बस्ने गरी आह्वान गरिएको पार्टी प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् ।

उनका अनुसार, माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका लागि बैठक बोलाइएको हो ।