बुधबार सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै बुधबार सुन प्रतितोला १ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसखघि मंगलबार सुन प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
