समाचार

त्रिभुवन विमानस्थलबाट पक्राउ परे भारतीय नागरिक

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले १ किलो ९७३ ग्राम कोकिनसहित सोमबार राति एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले उक्त परिमाणको लागूऔषध कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, हिमालय...

निमोनियाका कारण जाजरकोटमा एक महिने शिशुको मृत्यु

जाजरकोट । जाजरकोटमा निमोनियाका कारण एक महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुता रहेका छन् । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका स्थानीय पुनका छोरी निरुताको चिसोको कारण निमोनिया हुँदा मृत्यु भएको भेरी–२ का पूर्व वडाध्यक्ष कालिबहादुर वलीले...

मकवानपुरको भीमफेदीमा युवतीको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ कुरुलेमा आज बिहान एक युवतीको शव फेला परेको छ । उक्त शव स्थानीय भगवान प्रसाद बर्तौलाको छोरी अन्दाजी २५ वर्षीया मुना बर्तौलाको रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मुनाको शव बिहान ६...

१३ लाख भन्दा बढीको सुनसहित पक्राउ

काठमाडौं । रसुवागढी नाकाबाट प्रहरीले सोमबार साँझ १३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३...

प्रधानमन्त्रीले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा आज नीजि क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका हुन् । उनीहरुबीच आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्डले यसै विषयमा यसअघि सोमबार अर्थ...

मानवसेवा आश्रमको मेची–महाकाली अभियान सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमको राष्ट्रिय मेची–महाकाली अभियानसम्पन्न भएको छ । मानवसेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको ४० दिने उक्त अभियान सोमबार एक कार्यक्रमबीच सम्पन्न भएको हो । संघीय राजधानी काठमाडौंमा भएको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यता रहेको...

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

धनगढी । भीमदत्त राजमार्गअन्तरगत कैलालीको गोदावरी नगरपालिका–४ मा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से १ ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–२ की ५८ वर्षीया शोभा बिक रहेको प्रहरीले जनाएको छ...

सडेगलेको अवस्थामा दाजुभाइ मृत भेटिए

बुटवल । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ सडेगलेको अवस्थामा मृत भेटिएका छन् । मृत अवस्थामा भेटिएकाहरुमा ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत रहेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरु सोमबार मृत...

शिक्षक संघ मकवानपुरद्वारा देउसी–भैलोको रकम भूकम्प पीडितलाई सहयोग

मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुरले देउसी-भैलोबाट उठेको रकम भूकम्प पीडितहरुका लागि सहयोग गरेको छ । संघले देउसी भैलोबाट उठेको ६० हजार १७० रुपैयाँ रकम भूकम्प पीडितलाई सहयोग गरेको शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईले जानकारी दिए । देउसी भैलोबाट ६६ हजार १५५ रुपैयाँ संकलन भएको थियो । सो...

माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

पोखरा । पोखरामा सोमबार माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार अपराह्न उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा...