निमोनियाका कारण जाजरकोटमा एक महिने शिशुको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ५,मंगलवार १५:२२
file photo

जाजरकोट । जाजरकोटमा निमोनियाका कारण एक महिने शिशुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुता रहेका छन् ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका स्थानीय पुनका छोरी निरुताको चिसोको कारण निमोनिया हुँदा मृत्यु भएको भेरी–२ का पूर्व वडाध्यक्ष कालिबहादुर वलीले जानकारी दिए ।

तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।