त्रिभुवन विमानस्थलबाट पक्राउ परे भारतीय नागरिक

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले १ किलो ९७३ ग्राम कोकिनसहित सोमबार राति एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त परिमाणको लागूऔषध कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गरेकी उनको लगेज खानतलासी गर्दा सो परिमाणको लागूऔषध बरामद भएको हो ।
पक्राउ परेका उनलाई लागूऔषध सम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको जनाइएको छ ।