१३ लाख भन्दा बढीको सुनसहित पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ५,मंगलवार १०:२०

काठमाडौं । रसुवागढी नाकाबाट प्रहरीले सोमबार साँझ १३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङलाई पक्राउ गरेको हो ।

चीनबाट नेपाल आइरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एक/एक थान बेरुवा औंठी बरामद गरेको हो । बरामद ती औंठीको तौल १२ तोला रहेको र मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।