मकवानपुरको भीमफेदीमा युवतीको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ९ कुरुलेमा आज बिहान एक युवतीको शव फेला परेको छ ।
उक्त शव स्थानीय भगवान प्रसाद बर्तौलाको छोरी अन्दाजी २५ वर्षीया मुना बर्तौलाको रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मुनाको शव बिहान ६ बजेको समयमा आफ्नै भुईतले घरको आफु सुत्ने कोठा भित्र फलामको पाईपमा सलको पासो लगाई भुण्डिएको अवस्थामा फेला परेको हो ।
प्रहरी घटनास्थलमा पुगेर घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।