प्रधानमन्त्रीले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

तु खबर संवाददाता
२०८० मंसिर ५,मंगलवार १०:१३
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा आज नीजि क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका हुन् ।

उनीहरुबीच आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले यसै विषयमा यसअघि सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

सोही छलफलले निर्णय अनुसार आन निजी क्षेत्रसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।