समाचार

आज यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज उच्च प्रहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको हो । यस्तै, महाशाखाका...

कोरिया सरकारद्वारा ५ करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । गणतन्त्र कोरिया सरकारले नेपालका लागि ५ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरिया सरकारले नेपालमा स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पाँच करोड ३५ लाख ३२ हजार ५०० रुपैयाँको पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री सहयोग गरेको हो । ती सामग्रीहरु आज नेपालका लागि गणतन्त्र कोरियाका...

अवैध लागूऔषधसहित क्षेत्री पक्राउ

स्याङजा । प्रहरीले स्याङ्जाबाट अवैध लागूऔषधसहित एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले अर्जुनचौपारी गाउँपालिका–१ रैते बस्ने २८ वर्षीय दिलबहादुर क्षेत्रीलाई लागूऔषधसहित पक्राउ गरेको हो । क्षेत्रीलाई विशेष सूचनाको आधार पुगेको प्रहरी चौकी अर्जुनचौपारी स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डाइजेपाम २९ एम्पुल...

चितवनमा मृत अवस्थामा भेटियो पोथी बाघ

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीको एक सामुदायिक वनमा पोथी बाघ मृत अवस्थामा भेटिएको छ । जिल्लाको हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ७ वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार, ती शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ७६० पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७६० पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा ३८८ पुरुष र ३७२ महिलामा गरी ७६० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लामा कुल संक्रमितमध्ये सबैभन्दा...

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न २५ टोली खटाउने

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न २५ वटा टोली पठाउने भएको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए । उनका अनुसार, बैठकले १०–१० जनाको रहने गरी २५ वटा...

काठमाडौंबाट २४ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट २४ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसबाट १९जना र काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीबाट ५ जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसबाट को २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर...

रुकुम जिप दुर्घटना अपडेट: घाइतेमध्ये एक जनाको मृत्यु

सुर्खेत । रुकुम जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । सोमवार बिहान लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ओलीको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा...

स्रोत नखुलेको अवैध रकमसहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकबाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित दुई जनालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरीले काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्कालाई पक्राउ गरेको हो ।...

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले सरकारको कामकारबाहीको समीक्षा गर्ने गरी केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । बैठकले...