रुकुम जिप दुर्घटना अपडेट: घाइतेमध्ये एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार १६:१५

सुर्खेत । रुकुम जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

सोमवार बिहान लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ओलीको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, सोही दुर्घटनामा परी २२ जना घाइते भएका छन् । तीमध्य ७ जनाको अवस्था गम्भीर रहेको छ ।

बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल भेरी नदी किनारमा खसेर दुर्घटना भएको थियो ।