मकवानपुरमा डेंगु संक्रमितको संख्या ७६० पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७६० पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा ३८८ पुरुष र ३७२ महिलामा गरी ७६० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लामा कुल संक्रमितमध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ५२६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६८ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।