कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सरकारको कामकारबाहीको समीक्षा गर्ने गरी केन्द्रीय समिति र संसदीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गर्ने निर्णय गरेपनि मिति भने घोषणा नगरेको पार्टी महामन्त्री गगन थापाले जानकारी दिए ।
सो बैठकमा सरकारकै विषयमा मात्रै केन्द्रित भएर छलफल हुने जनाइएको छ ।