कोरिया सरकारद्वारा ५ करोडको स्वास्थ्य सामग्री सहयोग

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार १७:५९

काठमाडौं । गणतन्त्र कोरिया सरकारले नेपालका लागि ५ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरिया सरकारले नेपालमा स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पाँच करोड ३५ लाख ३२ हजार ५०० रुपैयाँको पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री सहयोग गरेको हो ।

ती सामग्रीहरु आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

उक्त बहुउपयोगी स्वास्थ्य सामाग्री प्राथमिक स्वास्थ्य परीक्षणस् कलेजो, मृगौला, र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणका लागि प्रयोग हुनेछ ।

दूतावासद्वारा आज एक विञप्ति जारी गर्दै महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उल्लेख गरेको छ ।