समाचार
टिकटकमाथि बन्देज लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ नहुने
काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई नहुने भएको छ । उक्त रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको हो । टिकटक बन्देज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएको थियो । सो रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।...
२ सय रुपैयाँले बढ्यो सूनको भाउ
काठमाडौं । आज साता कारोकारको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भनउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार स्थिर रहेको सुनको भाउ सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै सोमबार छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी...
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । सोमबार बिहान नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस...
मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु
धनगढी । कञ्चनपुरमा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्की रहेको प्रहरीले जनाएको...
रुकुम पश्चिममा बिहानै जीप दुर्घटना, २२ जना घाइते
सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा आज बिहानै जीप दुर्घटना भएको छ । बिहान चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । तीनमध्ये ५ जनाको अवस्थामा गम्भीर रहेको प्रहरीले...
हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजबाट खुलेको छ । वैदेशिक रोजगारीमा रहेकालाई ध्यानमा राखेर आजबाट आइपीओ खुल्ला गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले जनाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओको लागि आवेदन दिन सकिनेछन् । इच्छुक व्यक्तिहरुले अंकित मूल्य १०० मा १०६ रुपैयाँ...
इलाम बस दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटनामा परेर गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ना ६ ख ८४२४ नम्बरको विद्यार्थी र शिक्षक सवार बस मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु...
आज मौसम सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले आज गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाएको हो । यस्तै, महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा थोरै...
अर्थतन्त्रबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न सर्वपक्षीय बैक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुनेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले...
कमाने टि–१० प्रिमियर लिगको उपाधी राइडर्सले जित्यो
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित कमानेमा सम्पन्न दास्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी कमाने राइडर्सले जितेको छ । क्रिकेट क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भई आइतबार सम्पन्न उक्त प्रतियोगितामा साविक विजेतासमेत रहेका कमाने हन्टर्सलाई ९ विकेट राजित गर्दै राइडर्सले उपाधी जितेको हो ।...










