अर्थतन्त्रबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाए

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार ०९:०४
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न सर्वपक्षीय बैक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुनेछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागि पूर्वतयारी स्वरूप प्रधानमन्त्रीले सर्वपक्षीय बैठक आह्वान गरेको जानकारी दिए ।