बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । सोमबार बिहान नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो ।
पछिल्लो समय देशको विभिन्न जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ ।