रुकुम पश्चिममा बिहानै जीप दुर्घटना, २२ जना घाइते

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा आज बिहानै जीप दुर्घटना भएको छ ।
बिहान चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । तीनमध्ये ५ जनाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको छ ।
उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको रुकुम प्रहरीले जनाएको छ ।