समाचार

टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दर्ता गराएका उक्त रिटमा आजदेखि सुनुवाइ हुने भएको हो । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्धमा १० वटा रिट दर्ता भएको छ । सरकारको गत कात्तिक २७ गते...

हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरियो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वमो समापन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित राप्ती तडमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गरिएको हो । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन...

इलाममा शैक्षिक भ्रमणको बस दुर्घटना, एक जनाको मृत्यु

इलाम । इलाममा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर धनुषाको धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको...

पत्रकार पन्थीको पुस्तक अमेरिकाको विश्वविद्यालयको पाठ्यक्रममा

न्यूयोर्क । पत्रकार किशोर पन्थीको पुस्तक अन्ट्रान्सलेटेवल एकोर्ड युनिभर्सिटीको मास्टर्स डिग्रीको पाठ्यक्रममा समावेश भएको छ । युनिभर्सिटीले पन्थीद्वारा लिखित सो पुस्तक पाठ्यक्रममा समावेश गरेको हो । पन्थी अमेरिका र नेपालबाट सञ्चालनमा रहेको खसोखास डटकमका प्रधानसम्पादक हुन् । पाठ्यक्रममा समावेश भएको सो पुस्तकका सामग्रीका कारण विद्यार्थीहरुलाई  वास्तविक जीवनको परिदृश्यमा उनीहरुको...

हेटौंडामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा छठ पर्व मनाइएको छ । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व हेटौंडामा पनि मनाइएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित राप्ती तडमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका...

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षकी ममता सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार, घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका –१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो...

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार बिहान एक युवकलाई पक्राउ गरेको छ । ती किशोरीलाई जबरस्ती करणी गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई पक्राउ गरेको हो । थारुलाई ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।...

चार महिनामा १ खर्ब ३६ अर्ब भन्सार राजश्व संकलन

काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकसम्ममा सो रकम बराबरको भन्सार राजश्व संकलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । सरकारले चार महिनाका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन...

एमालेद्वारा ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रतर्फ खटाइयो

काठमाडौं । नेकपा एमालेद्वारा ११ सय स्वयंसेवक टोली काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्रतर्फ खटाइएको छ । एमालेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न आफ्नो स्वयंसेवक आइतबार त्यसतर्फ पाठइएको हो । गत १७ कात्तिक गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो...

ट्रकको ठक्करबाट हेटौंडाकी बजगाईँको मृत्यु

मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ शान्तिटोलमा आज दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजेको समयमा शिबम सिमेन्ट फ्याक्ट्रीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नं.को सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु...