जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार १६:२८
सांकेतिक तस्बिर

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार बिहान एक युवकलाई पक्राउ गरेको छ ।

ती किशोरीलाई जबरस्ती करणी गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई पक्राउ गरेको हो ।

थारुलाई ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।