इलाममा शैक्षिक भ्रमणको बस दुर्घटना, एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ४,सोमबार ०८:२२

इलाम । इलाममा शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ मेची राजमार्गस्थित रोङ गाउँपालिकाको अर्याल चोकमा विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर धनुषाको धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको हो ।

यस्तै, सोही बस दुर्घटनामा परेर अन्य ३७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धानुषाधाम नगरपालिका–९ धारापानीका २० वर्षीया गणेशकुमारी मोक्तान, ११ वर्षीया समीक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरिका लामा र ९ वर्षीया रिजा लामा रहेका छन् ।

यसैगरी, दुर्घटनामा परेर सोही ठाउँ बस्ने ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिसा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीया सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीय सिद्धार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चान, १२ वर्षीया बिबिसा मोक्तान, १५ वर्षीया रोजिना तामाङ र २८ वर्षीया कल्पनाकुमारी लामा, ३१ वर्षीया शान्ता पाख्रिन, १८ वर्षीया सन्ध्या मोक्तान, ४० वर्षीया तुल्मा लामा, ३५ वर्षीया मनवती लामा, ३० वर्षीया ज्ञानु लामा, १८ वर्षीया प्रतीक्षा लामा, ४५ वर्षीया लालकुमारी घाइते भएक छन् ।

यस्तै, दुर्घटनामा परेर १५ वर्षीय करण मोक्तान, १६ वर्षीया कुसुम घिसिङ र ६० वर्षीया शान्तामाया तामाङ, ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जीव तामाङ, १८ वर्षीया रेणु घिसिङ र १६ वर्षीया समीक्षा लामा पनि घाइते भएका छन् ।

घाइतेको उद्धार गरी झापाका विभिन्न अस्पतालमा पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।