एमालेद्वारा ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रतर्फ खटाइयो
काठमाडौं । नेकपा एमालेद्वारा ११ सय स्वयंसेवक टोली काठमाडौंबाट भूकम्प प्रभावित क्षेत्रतर्फ खटाइएको छ ।
एमालेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न आफ्नो स्वयंसेवक आइतबार त्यसतर्फ पाठइएको हो ।
गत १७ कात्तिक गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबारबिहीन् भएका छन् ।
पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न त्यसतर्फ प्रस्थान गरेका पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजक रहेको सो टोलीलाई शनिवारै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।
११ सय जना स्वयंसेवकमध्ये लुम्बिनी प्रदेशबाट २ सय, कर्णाली प्रदेशबाट १ सय ५०, सम्पर्क समन्वयबाट १ सय, सुदूरपश्चिम प्रदेशबाट ५०, बागमती प्रदेशबाट ५० जना रहेका छन् ।
यसैगरी, गण्डकी प्रदेशबाट ५०, विशेष प्रदेशबाट, ५०, कोशी प्रदेशबाट ५० र मधेस प्रदेशबाट ५० जना खटिएका छन् ।