बाघको आक्रमणबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार १७:१४
file-photo

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षकी ममता सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार, घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका –१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीसँगै घाँस, दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।