समाचार

लागूऔषधसहित दुई जना पक्राउ

झापा । झापामा प्रतिबन्धित लागूऔषसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार जिल्लाको मेचीनगर नगरपालिका र झापा गाउँपालिका गरी छुट्टैछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले मेचीनगर नगरपालिका ५ मेची पुलबाट सोही नगरपालिका वडा नम्बर १० बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई ब्राउन सुगर ३...

आज यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि...

छठ पर्व : आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौं । आज छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । यस्तै, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी...

बागमती प्रदेशमा दुर्घटनामा परेर २३ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा चाडपर्वको समयमा भएका विभिन्न सवारी दुर्घटनामा परेर २३ जनाको मृत्यु भएको छ । प्रदेशको काठमाडौं उपत्यका बाहे्कका १० जिल्लाको विभिन्न स्थानमा भएको दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, प्रदेशमा नेपालीहरुको महान पर्व बडादसैँदेखि शुभ...

अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

धनगढी । कैलालीमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले एक जना सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) लाई प्रकाउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायकप्रहरी निरीक्षक रमेश भण्डारी रहेका छन् । उनलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । कैलाली...

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न समिति गठन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथि प्रतिबन्ध गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न समिति गठन गरेको छ । दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको गरेको हो । समितिको सदस्यहरुमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार...

धनगढी आगलागी: १७ करोड ९७ लाख बराबरको क्षति

धनगढी । धनगढीमा गएराति भएको आगलागीबाट १७ करोड ९८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा सो रकम बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आगलागीबाट सारथी अस्पताल प्रालिको...

पूर्वराष्ट्रिय सभा सदस्य ओलीलाई मातृ शोक

काठमाडौं । एमाले नेतृ, पूर्वराष्ट्रिय सभा सदस्य एवम् गायिका कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित दीपाको काठमाडौंको अल्का अस्पतालमा बिहान ११ बजेर ४२ मिनेटको समयमा निधन भएको हो । स्व....

तीन महिनामा १३ करोड ४४ लाखको टुथ ब्रस आयात

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा १३ करोड ४४ लाख बराबरको टुथ ब्रस आयात भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो तीन महिना साउनदेखि असोजसम्ममा सो रकम बराबरको टुथ ब्रस आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको...

रास्वपाको घरदैलो कार्यक्रम आजबाट सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो कार्यक्रम आजबाट सुरु हुने भएको छ । रास्वपाले निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार, प्रत्यक्ष...