तीन महिनामा १३ करोड ४४ लाखको टुथ ब्रस आयात

तु खबर संवाददाता
२०८० मंसिर २,शनिबार १५:४५

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा १३ करोड ४४ लाख बराबरको टुथ ब्रस आयात भएको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो तीन महिना साउनदेखि असोजसम्ममा सो रकम बराबरको टुथ ब्रस आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको टुथ ब्रस आयात भएको हो ।

नेपालमा विश्वका विभिन्न १६ देशबाट टुथ ब्रस भित्रिने गरेको तथ्यांक उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै चीन र भारतबाट आयात भएको छ । सो अवधिमा भारतबाट ८ करोड ८३ लाख रुपैयाँ र चीनबाट ४ करोड ८ लाख रुपैयाँको टुथ ब्रस भित्रिएको छ ।

यसबाहेक, बंगलादेश, मलेसिया, ताइवान र थाइल्याण्ड लगायतका देशबाट समेत नेपालमा टुथ ब्रस आयात हुने गरेको छ ।